बगान गोल्डकपको उद्घाटन खेलमा हिमाली युनाइटेड विजयी

कचनकवल। झापाको कचनकवल गाउँपालिका स्थित बगान युथ क्लबद्वारा आयोजित  प्रथम बगान गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ।

कचनकवल-३ मा रहेको पथरिया मा.विको खेलमैदानमा सुरु भएको प्रथम बगान गोल्डकप फुटबल प्रतियोगितामा झापा जिल्ला अन्तर्गतका ८ खेलाडी टिमहरु सहभागी  भएका छन्।

EPIC EPIC EPIC

बगान युथ क्लबको आयोजना तथा गोर्खा ब्रुअरी, इण्डिगो पेन्ट्स, सुब्बा एग्रो भेट्स प्रा.ली र सितल इन्टरप्राइजेजको प्रायोजनमा पथरिया मा.विको खेलमैदानमा सुरु भएको खेलामा पहिलो दिन हिमाली युनाइटेड र जलथल फुलटबल क्लब बिच प्रतिस्पर्धा भएको हो। शनिबार अपरान्ह कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले विविध रुपमा उद्घाटन गरेपछि खेल सुरु भएको थियो। आज जलथल फुटबल क्लब र हिमाली युनाइटेड फुटबल क्लब बिच भएको खेलमा जलथल फुटबल क्लबले शुन्य र हिमाली युनाइटेड फुटबल क्लबलेले ५ गोल गर्दै हिमाली युनाइटेड फुटबल क्लब विजयी भएको छ भने भोलि हुने खेलमा स्यालडाँगी (बिर्तामोड) र ज्ञाने चोक एफ.सी भिड्ने छन्।

गोल्डकपमा हिमाली युनाइटेड, जलथल एफ.सी,
बगान युथ क्लब,भद्रपुर युथ क्लब, स्यालडाँगी(बिर्तामोड), ज्ञानेचौक एफ.सी, ब्रोदर्स युनाइटेड(चन्द्रगढी) र राजगढ एफ.सी लगायतका टिमहरु सहभागी भएका छन्।

बगान युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बुको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको विशेष आतिथ्यतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमको सञ्चालन भने बगान युथ क्लबका सचिब विश्वास अधिकारीले गरेका थिए। त्यस्तै उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विद्यालय प्रतिनिधि, संचारकर्मी,खेलाडी, पूर्व खेलाडी पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च