बर्ने-पालिका सन्देश आइतबारे युथ क्लबद्वारा आयोजित ‘ए वाई सी कप फुटबल प्रतियोगिता’ शनिबारबाट प्रारम्भ भएको छ।बुद्धशान्ति ४बर्ने स्थित वर्कसप मैदानमा शुरुभएको खेलमा कुल १० टिमले सहभागी रहनेछन्।
शनिबार बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष एवं प्रमुख अतिथि शेरबहादुर रायले म्याच रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको शुरुवात भएको छ।
पहिलो खेलमा सट्टाभर्ना र सुनमाई बिच प्रतिस्पर्धा भएको थियो। खेलमा सट्टाभर्नाले सुनमाई बिरुद्ध १ गोल गर्दै अर्को चरणमा प्रबेश गरेको छ।
त्यस्तै गुराँसबस्ति र पिपलचोक बिच भएको दोश्रो खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि टाइ-ब्रेकरमा पिपलचोक फुटबल टिमले जित हासिल गरेको छ।
भोलिको पहिलो खेल अपरान्ह ३ बजे मङलबारे फुटबल टिम र मुनामदन एकाडेमि बिच हुनेछ भने दोश्रो खेल वडा नम्बर ५ र आयोजक आइतबारे युथ क्लबबिच हुने खेल आयोजक समितिका संयोजक रुबन खनालले जानकारी दिएका छन्।


















