बुधबारे । शीतला सामुदायिक सेवा तथा बिकाश केन्द्र बुद्धशान्ति २को २५औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रेमकुमार शिवाकोटीको अध्यक्षता तथा बुद्धशान्ति २ का वडाध्यक्ष डिल्ली ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा तथा कार्यपालिका सदस्य सञ्जु पौडेल, २ नं वडा सदस्य अमिर श्रेष्ठ, मधुसुधन आश्रमका अध्यक्ष राघवेन्द्र मिश्र बाल्मिकी, दण्डपाणी बजगाईं, लीलाराज भट्टराई, बिश्वनाथ ढकाल, मेघनाथ ढकाल, जयप्रसाद रसाईली, नन्दकुमार तिम्सिना लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष निलम अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव झल्का अधिकारी भट्टराई तथा सह सचिव टंकनाथ घिमिरेले गरेका थिए । सोही अवसरमा संस्थालाई सहयोग पुर्र्याउने टीकाराम पोखरेललाई सम्मान गरिएको थियो । कार्यक्रममा बिश्वनाथ ढकाल, सञ्जु पौडेल, सम्मानित टीकाराम पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेखा संयोजक टंक प्रसाद भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिएभने कोषाध्यक्ष लेखनाथ अधिकारीले अनुमानित बजेट प्रस्तुत गरेका थिए । सोही अवसरमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । समितिको अध्यक्षमा निलम घिमिरे, उपाध्यक्षमा रत्नबहादुर तिवारी, सचिवमा टेकनाथ घिमिरे, कोषाध्यक्षमा मेघराज भट्टराई र सह सचिवमा बिमला मैनाली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा श्रीप्रसाद खतिवडा, मातृका प्रसाद दुलाल, नर्वदा पौडेल र उमेश पाठक चयन भएका हुन् । लेखा समिति संयोजकमा टंक प्रसाद भण्डारी, सदस्यमा उर्मिला भट्टराई सुवेदी र पार्वता आचार्य चयन भएको निवर्तमान कोषाध्यक्ष लेखनाथ अधिकारीले बताए ।