कचनकवलमा जारी प्रथम बगान गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार(आज)को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा स्यालडाँगी(बिर्तामोड) र राजगढ एफ.सी बिच प्रतिस्पर्धा हुँदैछ।
खेल कचनकवल-३ स्थित पथरिया माविको खेलमैदानमा दिउँसोको ३ बजेबाट सुरु हुनेछ।
क्वाटरफाइनलमा ज्ञानेचौक एफ.सीलाई १-० गोल अन्तरले पाखा लाउँदै स्यालडाँगी(बिर्तामोड) र ब्रोदर्श युनाइटेड ३-४ ले पराजित गर्दै राजगढले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेका हुन्। आजको विजेताले उपाधिका लागि हिमाली युनाइटेडसँग सामना गर्ने छ।
युनाइटेडले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बगान युथ क्लबलाई पेनाल्टी सुटआउटमा ८-९ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
फाइनल खेल असोज १५ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रू ३० हजार रुपैया, मेडल ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ। उपविजेताले नगद रू २० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ।