प्रदेश १ को मुख्यमन्त्रीको गृहजिल्ला बाट प्रतिनिधि सभाकालागी १० जनाले गरे मनोनयन दर्ता

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरमा प्रतिनिधीसभाका लागि स्वतन्त्र उमेद्वार सहित १० जनाले गरे मनोनयन दर्ता गरेका छन् । प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरमा स्वातन्त्र वाहेक पुरानै अनुहार दोहोरिएका छन् । प्रतिनिधी सभाका लागि एउटा क्षेत्र र प्रदेश सभाका लागि २ क्षेत्र रहेको भोजपुरमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र सत्ता गठबन्धनविच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

यसपटक भोजपुरबाट प्रतिनिधी सभातर्फ एमालेबाट पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनबाट माओवादी केन्द्रका सुदन किरातीविच चुनावी प्रतिस्पर्धा हुनेछ । यस्तै प्रदेश १ का वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेशसभा क्षेत्र नं १ मा चुनाव लड्दैछन् भने उनीसंग एमालेका हरिबहादुर राई चुनावी प्रतिपर्धामा देखिएका छन् । माओवादी केन्द्रका सुदनसंग एमाले शेरधन चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
यस्तै प्रदेश सभा क्षेत्र नं २ तर्फ नयाँ अनुहार देखिएको छ । एमालेबाट खड्गबहादुर कार्की र गठबन्धनका नेपाली कांग्रेसका विनोद वान्तावा राईविच प्रतिस्पर्धा हुने भएको छ । यस्तै पार्टीबाट टिकट नपाएपछि नेपाली कांग्रेस उत्तम चापागाईले पनि प्रदेशसभा क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।यस्तै प्रदेशसभा क्षेत्र नं १ तर्फ मंगोल नेशनल अर्गनाईजेशनबाट अनिल राई, राप्रपाबाट फुर्वादोर्चि शेर्पा, हाम्रो नेपाली पार्टीबाट लक्ष्मिप्रसाद अधिकारी र जसपाबाट मणिराज राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं २ तर्फ राप्रपाबाट केशर बहादुर श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट भरत कुमार ताम्राकार र जसपाबाट आशकुमार राईले उम्मेदवारी दिएका छन्

EPIC EPIC EPIC

यस्तै स्वतन्त्र बाट नयाँ अनुहार देखिएका छन् । दिलीप कुमार खतिवडा र महेश योञ्जनले प्रतिनिधी सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै साना दलहरुबाट पनि पुरानै अनुहारलाई निरन्तरता आएको छ । प्रतिनिधिसभातर्फ नेपालका लागि नेपाली पार्टीका सुरेश बस्नेत, मंगोल नेशनल अर्गनाईजेशनबाट चन्द्रप्रसाद राई, खम्बुवान राष्ट्रिय मुक्ती मोर्चाबाट ऋषिधन राई, हाम्रो नेपाली पार्टीबाट रमेशप्रसाद ओझा, राप्रपाबाट जितेन्द्र घले, जसपाबाट ध्रुव राईको उम्मेदवारी परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च