सुदूरपूर्व डटकम शुभारम्भ

काँकरभिट्टा । झापाको मेचीनगरबाट सुदूरपूर्व डटकमले प्रकाशन प्रारम्भ गरेको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले अनलाईनको उद्घाटन गरे ।

मेचीनगर–६ काँकरभिट्टामा रहेको सुदूरपूर्व डटकमको कार्यालयमा प्रमुख अतिथिसमेत रहेका अध्यक्ष गिरीले कम्प्युटरको बटन थिचेर अनलाईनको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि गिरीले सञ्चार माध्यमको भीडमा सुदूरपूर्व अनलाईनले अलग पहिचान बनाउनेमा आफू विश्वस्थ रहेको बताए । उनले भने,‘जिम्मेवार र विश्वसनीय पत्रकारितामार्फत ‘सुदूरपूर्व’ पाठक माझ सधैं झुल्कने छ ।’

EPIC EPIC EPIC EPIC EPIC

अध्यक्ष गिरीले पछिल्लो समय वस्तुनिष्ठभन्दा चाकडी र प्रचारात्मक साम्रगी समाचारको बिषयवस्तु बन्ने गरेकोमा दुःख व्यक्त गरे । पत्रकारिताको मर्म र आचारसंहिता पूर्ण पालनाप्रति सजग रहँदै कलम चलाउनसमेत पत्रकारहरुमा उनले आग्रह गरे ।

कार्यक्रमका अन्य वक्ताहरुले आम पाठकमाझ सूचना संप्रेषणमा नयाँ आयाम थपिएकोमा खुःशी ब्यक्त गर्दै शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रममा प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, पूर्व अध्यक्ष मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, शिक्षक लिलाप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व कन्द्रीय सदस्य मोहन काजी न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

मेचीनगर प्रकाशन प्रालिले सञ्चालन गरेको सुदूरपूर्व अनलाईनको टिममा जीआर धिताल, नवराज सुवेदी(मेचीनगर), विनिता गौतम(झापा), भगिरथ भण्डारी(इलाम), नेहाल दर्जी(प्राविधिक) तथा कानुनी सल्लाहकारमा अधिवक्ता पवन कार्की रहेको सो अवसरमा जानकारी गराइएको थियो । अनलाईनको मूल बिषयमा शिक्षालाई समेट्दै पाठकमाझ समसामयिक घटनाहरुलाई चुस्तरुपमा प्रस्तुत गरिने बताइएको छ ।

कार्यक्रममा अग्रज पत्रकार जीएन् शर्मा, कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तल, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, प्रेस क्लब मेचीनगर सचिव देबु बानियाँ, सहसचिव दिलीप थापा, न्यूज द्दद्ध टेलिभिजनका झापा संवादाता युवराज आचार्य, ग्रेस इन्टरनेशनल झापाका प्रमुख पर्वत धिताललगायतको उपस्थिति थियो ।

सो अवसरमा बोल्दै मिडिया पर्शन राधाकृष्ण धितालले पत्रकारिताको वर्तमान सन्दर्भ उठान गरेका थिए । कार्यक्रमको अध्यक्षसमेत रहेका धितालले धन्यवाद मन्तब्य राख्दै प्रतिस्पर्धी तथा प्रविधिमैत्री पत्रकारितामा जोड दिन आग्रह गरेका थिए । आम पाठकको ध्यान अडियोभिडियो जस्ता मल्टिमिडियाले खिचेको बताउँदै युगानुकूलरुपमा आफुलाई प्रस्तुत गर्न सञ्चारकर्मी माझ उनले सुझाव प्रकट गरे ।

चर्चित रियालिटी शो ‘ऐना’का प्रोजेक्ट हेड धितालको सभापतित्वमा सम्पन्न समुद्घाटन समारोहमा स्वागत विनिशा शर्मा तथा सञ्चालन जीआर धितालले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *