बुधबारे जेसीजलाई क्षेत्र ‘क’ को ‘जेसीज अफ द मन्थको अवार्ड’

तीर्थ तिम्सिना, बुद्धशान्ति (पालिका सन्देश)- बुधबारे जेसीजले क्षेत्र ‘क’को ‘जेसीज अफ द मन्थको अवार्ड’ पाएको छ ।

बुधबारे जेसीजले वर्ष २०२२को अक्टोबर महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको हो । नेपाल जेसीजले सोमवार सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत एरिया ´ए` बाट बुधबारे जेसीजले यो अवार्ड पाउन सफल भएको हो ।

EPIC EPIC EPIC

शाखाले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा गरेको गतिविधिको आधारमा उक्त महिनाको अवार्ड यस क्षेत्रबाट बुधबारेले प्राप्त गरेको हो ।

डाइनामिक लिडर मुकेश भट्टराईको नेतृत्वमा रहेको यस शाखाले हरेक महिना समाजमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।

शाखाको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजका २०२२का राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीले क्षेत्र ‘क’ बाट उत्कृष्ट शाखाको रुपमा बुधबारे जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताएका छन् ।

अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष भट्टराईले बुधबारे जेसीजको सामाजिक कार्यलाई उत्कृष्ट मुल्यांकन भएको भन्दै खुशी व्यक्त गर्दै नेपाल जेसीजलाई धन्यवाद दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च