ललित ढुङ्गेल| अष्ट्रेलियामा जारी टि२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भारतले लज्जास्पद हार बेहोरेको छ।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको भारतले हार्दिक पाण्ड्याको ६३ रन र कोहोलीको ५० रनको मद्दतमा १६८ रन बनाएको थियो।
इङ्लेण्ड्का जोर्डनले ३ महत्त्वपूर्ण विकेट लिन सफल रहे। जवाफमा १६९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको इङ्ग्लेण्डले २४ बल बाकी छदै १० विकेटको जित हात पार्यो।
इङ्ग्लेण्डका तर्फबाट ओपनरद्वय हेल्स र बटलरले विस्फोटक ब्याटिङ्ग गर्दै जित दिलाइ आफ्नो टिमलाई फाइनलमा प्रवेश गराए। हेल्सले सात छक्का र चार चौकासहित अविजित ८७ रन र बटलरले नौ चौका रा तीन छक्काको मद्दतमा अविजित ८० रन बनाए। अब आइतबार हुने फाइनलमा इङ्ग्लेण्डले पाकिस्तानको सामना गर्नेछ।
पाकिस्तानले हिजो न्युजिल्यान्डलाई हराउदै फाइनल प्रवेश गरेको थियो ।
रोचक तथ्य के छ भने सन् १९९२ को ५० ओभरको विश्वकप अष्ट्रेलियामा हुदापनि इङ्ग्लेण्ड र पाकिस्तान आमने सामने थिए र पाकिस्तानले उपाधी चुमेको थियो।
अब यो पटकको फाइनल हेर्न लायक हुनेछ। साथै आजको ब्याटिङ पार्टनरशिप टि२० इतिहासकै कुनैपनि विकेटका लागि सर्वाधिक रहेको छ।
भारतले गत साल सम्पन्न टि२० बिश्वकपमा समेत पाकिस्तानसग १५२ रनको लक्ष्य १० विकेटले हारेको थियो।
पोहोरको पाकिस्तान सङ्गको हार र आजको इङ्ग्लेण्डसङ्गको हार भारतीय कृकेट इतिहासकै लज्जास्पद रहेका छन् ।