सुवेदीले मनाए सुकुम्बासी बस्तिमै जन्मदिन

जनक न्यौपाने ।
झापा कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदी र उहाँकी छोरी युनिका सुवेदी सहितले आफ्नो जन्मदिन फरक तरिकाले मनाउँनुभएको छ ।
सुवेदी बाबुछोरीले आफ्नो जन्मदिनमा गर्ने फजुल खर्च कटाएर स्थानीय सुकुम्बासी बस्तीमा रहेका २० जना सन्थाल वालवच्चाहरुलाई लगाउने स्वीटर र सुकुम्वासी वस्तीमा डाक्टरहरुको टोली लगेर निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्नुभएको छ । हरेक बर्ष तल्लो बर्गका नागरिकहरुको घरदैलोमा केही न केही फरक काम गरेर आफ्नो जन्मदिन मनाउँदै आएको र आफुले जन्मदिनमा दिने पार्टीको खर्चमा केहि रकम थप गर्दा पुरै गाउँलेलाई राहत मिलेको गोविन्द सुवेदीले बताउँनुभयो । सुवेदी परिवारबाट अरुले समेत सिको गर्दा कोहिपनि नागरिक दुखी हुनु नपर्ने कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले बताउँनुभयो ।
स्वास्थ्य शिविरमा कनकाई नगर अस्पतालका डाक्टर अभिषेक नायक र स्वास्थ्यकर्मी पवन पोखरेल सहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । सोही अवशरमा यस क्षेत्रका एक सय वढी विभिन्न रोगी विरामीहरुलाई स्वास्थ्य जाँच गरि निशुल्क औषधि समेत प्रदान गरिएको थियो । जन्मदिन मनाइरहनुभएकी युनिका समेत स्टाप नर्सकी विद्यार्थीरहनुभएको छ । स्वास्थ शिविरमा युनिकाले समेत स्वास्थ्य जाँच गर्नुभएको थियो ।
गोविन्दकी माता यमुना सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताव राई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, नवलकिसोर दत्त, वार्ड सदस्य अनिल गोयल, एमाले नेता टंकबहादुर कार्की, खडगप्रसाई, विनोद राना, सुरुङ्गा बजार व्यावस्थापन समितिका अध्यक्ष मनोहरी बिमली, टोल विकास समितिका अध्यक्ष विनोद भण्डारी लगायातको आतित्यता रहेको थियो । यसअघि सुवेदीले जन्मदिनमा यस क्षेत्रको पुकार अपाङ्ग सरोकार समाज लगायातका संघ संस्थामा पुगेर आफ्नो र छोरा छोरीको जन्मदिन मनाउँदै आउँनुभएको छ । जन्मदिन लगायातका पार्टी उत्सवमा फजुल गर्ने खर्च यसरी सामाजिक क्षेत्रमा खर्चिदा कोहीपनि कमाजोर आर्थिक अवस्थामा नागरिकले औषधि उपचार खाद्यान्न नपाउने र न्यानो कपडा नपाउने भन्ने नहुने भन्दै सुवेदी परिवारको यस कार्यको सबैले खुलेर प्रसंसा गरेका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *