नवीन उप्रेती, कचनकवल।
कचनकवल गाउँपालिका अन्तर्गत पर्ने लक्ष्मी प्रसाद देवकोटा माविमा भोलि एकदिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
कचनकवल गाउँपालिका-२ सुकुनाडिगीमा रहेको उक्त विद्यालयमा श्री कृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिती नेपालको आयोजना एवं मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखामा लाग्ने रोग “मोतियाविन्दु”को छनौट गरी नि:शुल्क शल्यक्रिया गर्ने तथा गहन प्रकारका आँखा(पर्दा नसा आदि) रोगिहरुलाई आँखा अस्पतालमा रेफर गरी पठाउँने र आवश्यकता अनुसार नजिक हेर्नका लागि चस्मा समेत वितरण गर्ने मेचि आँखा अस्पतालले जानकारी दिएको छ।
शिविर भने बिहान ८:३० बजेबाट सुरु हुने कचनकवल प्रणामी परिषद साखा समितिका सदस्य दिपक पोख्रेलले बताउँनुभयो।