अरनिको माविमा दुना-टपरी बुन्ने प्रतियोगिता सम्पन्न

मेचीनगर। मेचिनगर -७ , गोमनसरी स्थित अरनिको माध्यमिक बिद्यालयले शुक्रबार  नियमित आयोजना गर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तरसदन दुना ट्परा बुन्ने प्रतियोगिता समापन गरेको छ।

फरक प्रकृति अनि विषयवस्तु बोकेको यो नौलो कार्यक्रमले  विद्यार्थी माझ थप उत्सुकता अनि आकर्षण बढाएको कुरा विद्यालयकी सह-प्रधानअध्यापिका सृजना ढुङ्गेलले  बताउँनुभयो।
विद्यालयका बालक्लब अध्यक्ष बिजय श्रेष्ठको सभापतित्व साथै स्थानिय ज्येष्ठ नागरिक लक्ष्मी खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चार सदनका १२ विद्यार्थीको सहभागिता रहेको जानकारी कार्यक्रम सञ्चालक विद्यालयका शिक्षक लोकेन्द्र थपलियाले जानकारी दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा मनतब्य राखदै प्रमुख अतिथी लक्ष्मी खनालले दुना-टपराले  बहुधर्म संस्कृती र परम्परामा खेल्ने अपरिहार्य भुमिकालाई विद्यार्थी माझ पस्कदै गर्दा  यसता रचनात्मक कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्राप्त भएको कुरा बालकल्बकि फोकल शिक्षिका गंगा अधिकारीले बताउँनुभयो।

यससँगै विद्यालयले आजका दिन अन्य विविध कार्यक्रम जस्तै  कक्षागत हिज्जे प्रतियोगिता, अन्तरसदन गणितीय दौड गरेर आज शुक्रबार अन्तर्गतको कार्यक्रम  भब्यताका साथ समापन गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *