विश्व– आज सन् २०२२ को २४ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः
इटालीबाट लिबिया स्वतन्त्र
सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो । उत्तर अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो । स्वतन्त्र भएपछि तत्कालिन राजा इड्रिसको मातहतमा लिबिया संबैधानिक राजतन्त्रात्मक देश बनेको थियो । सन् १९६९ मा तत्कालीन कर्णेल मौमुर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो ।
ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता
सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो । प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो, जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ । शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए । त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो ।
कुल क्लक्स क्लान स्थापना
सन् १८६५ मा अतिवादी श्वेत सर्बोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो । सेनाका वरिष्ठ अधिकारीहरुले न्युयोर्कको पुलास्की गाउँमाउक्त संगठन स्थापना गरेका थिए ।
अमेरिकाको मिलट्री एकेडेमीमा दंगा
सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो । ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार) सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो ।