लामिछानेद्वारा बिशिस्ट व्यक्तिहरुलाई कार्यविधि विपरित सेवा सुविधा फिर्ता गराउने निर्णय

गृहमन्त्रीको पदभार सम्हालेकै दोश्रो दिन रवि लामिछानेले विशिष्ट व्यक्तिहरुलाई कार्यविधि व्यवस्था विपरित सेवा सुविधा फिर्ता गराउने निर्णय गरेका छन् । गृहमन्त्रालयले कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत भीआईपीको सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको खण्डमा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारबाट विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनकालागि विशिष्ट व्यक्तिहरुको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भएर हाल कार्यान्वयन गरेको पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *