राेङ गाउँपालिका अन्तर्गत वडा नम्बर ६ काे सरस्वती माध्यमिक बिद्यालयमा अध्यनरत वालवालिकाहरुकाे रगत समुह पहिचान गराइएकाे छ ।
जुनियर रेडक्रस सर्कल बिद्यालय ईकाईकाे अायाेजना,राेङ गाउँपालिका स्वास्थ शाखाकाे प्राविधिक सहयाेग र बिद्यालयकाे ब्यवस्थापनमा गरिएकाे साे रगत समूह पहिचान कार्यक्रमा राेङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले, ल्याव टेक्निसियन स्वास्थ्यकर्मी द्वय सन्ध्या राई र साेनिका खाम्दाकले प्राविधिक सहयाेग गरि १ सय ५८ जनाकाे रगत समूह पहिचान गराइएको थियाे ।
हरेक नागरिकले अाफ्नाे रगत कुन समुहकाे छ भनेर जान्नै पर्ने र बिद्यालयमा त अभिलेख समेत राख्नु पर्ने हुँदा बिद्यालयले गरेकाे प्रस्तावकाे अाधारमा सामुदायिक विद्यालौअमा पहिलाे पटक गाउँपालिकाले प्राविधिक सहयाेग गरेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
शहर र सुबिधासम्पन्न स्थानहरुमा सामान्य रहेपनि दुर्गम गाउँका बालबालिकाको रगत समुह पहिचान गराउँदा कतिपय अभिलेखहरु चुस्त दुरुस्त राख्न र प्रमाणिकरणकाे लागि सहज हुने बिद्यालयका प्रधानाध्यापक गाेबिन्द पाैडेलकाे भनाई रहेकाे छ ।