बुधबारेमा कपडा बैंक स्थापना

बुधबारे(पालिका सन्देश)– झापाको बुद्धशान्तिमा कपडा बैंकको स्थापना गरिएको छ। विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो। 

नेपाल स्काउट बुद्धशान्तिको आयोजना र बुधबारे स्पेश केवल नेटवर्क प्रालिको सहयोगमा बुधबारे ट्राफिक चोकमा कपडा बैंक स्थापना गरेको हो। प्रयोगमा आएका तथा सफा कपडा बैंकमा राखेर गरीब तथा विपन्नवर्गलाई निःशुल्क रुपमा वितरण गरिनेछ।

EPIC EPIC EPIC

जाडोको समयमा कुनै पनि व्यक्ति न्यानोबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको भन्दै बुद्धशान्ति स्काउटका मन्जिल पाठकले आफूसँग बढी भएको लुगाकपडा बैंकलाई प्रदान गरेर सहयोग गर्न आग्रह समेत गरेका छन्। 

केही समय लगाएपछि व्यक्तिले यसै फाल्ने कपडालाई सफा गरेर पुनः प्रयोगमा ल्याउने गरी कपडा बैंकको स्थापना गरिएको बुधबारे स्पेश केबलका संचालक सुनिल भट्टराईले बतए । उनले जाडोबाट विपन्न समुदायका व्यक्ति बढी प्रभावित हुने भएकाले आफ्नो संस्थाले इन्टरनेट सेवा मात्रै नभएर मानविय सेवाका लागि कपडा बैंक स्थापना गरेको बताए ।

कपडा बैंकको उद्घाटन गर्दे बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले यस्तो अभियानको थालनी गरेकोमा शुभकामना व्यक्त गरेका छन् । उनले गरिबीको रेखामुनि रहेका धेरै मानिस आङ ढाक्ने कपडाको समेत अभावमा रहेका बेला कपडा बैंकको स्थापना एउटा सकारात्मक कदम भएको बताए।

कार्यक्रममा समाजसेवी टीका पाठक, नेत्र रिजाल, पालिका सन्देशका अध्यक्ष सुरज दङ्गाल, सम्पादक तीर्थ तिम्सिना, बुद्धशान्ति साप्ताहिकका सम्पादक रोसन भट्टराई, स्पेश केबलका सन्चालक, स्काउट्का प्रतिनिधि, स्थानीय लगायतको उपस्तिथि रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च