एम्बिसन एकेडेमीमा पृथ्वी जयन्ती मनाइयो

राष्ट्र एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा सास्कृतिक कार्यक्रम

बुधबारे – राष्ट्र एकता दिवस एवं पृथ्वी जयन्ती एम्बिसन एकेडेमी जयपुरले एक कार्यक्रम गरी मनाएको छ।
बिद्यालयले बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय शिक्षासेवीको उपस्थितिमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै सास्कृतिक कार्यक्रम बुधबार सम्पन्न गरेको हो।
तत्कालीन समयमा स-साना राज्यलाई एकताको सुत्रमा बाधि नयाँ नेपाल निर्माणको जग बसाएको भन्दै दिवस मनाईएको बिद्यालयका सस्थापक दिपेन सिटौलाले जानकारी दिए।
“राज्यले सार्वजनिक बिदा दिएपनि हामिले बिद्यार्थी मार्फत समाजलाई पृथ्वीनारायण शाहको योगदानको स्मरण गराउन सास्कृतिक कार्यक्रम आयोजना गरेका हौं” सिटौलाले भने।

EPIC EPIC EPIC

शिक्षा सेवी ध्रुवकुमार ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाले गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलिले पृथ्वीनारायण शाहले एकीकरण मात्रै नभई सामाजिक सुधारका कार्यक्रम बारे चर्चा गरेका थिए। राष्ट्र नायक पृथ्वीनारायण शाहले जातीय समानताको मुद्दामा आफुलाई उभ्याउन सफल भएको भन्दै “बिसे नगर्ची”को प्रसङ्ग समेत जोडेका थिए।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति तारा सिटौलाले इतिहास बिर्सन नहुने कुरा उल्लेख गरेका थिए। बिद्यार्थीहरुलाई इतिहास बारे जानकारी गराउन सके मात्रै सुन्दर भबिस्य निर्माणमा बल पुग्ने बताए।

अर्का बक्ता एवं अभिभावक गणेश खरेलले ढिलै भएपनि राज्यले राष्ट्रनिर्माताको सम्मान गरेको बताएका थिए।

कार्यक्रममा बिद्यार्थीहरुले गायन, कविता बाचन र राष्ट्रिय गितहरुमा नृत्य प्रस्तुत गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च