बुधबारे । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सोमबार साँझ झापाको बुधबारेमा दिप प्रज्वलन गरिएको छ ।
बुधबारे जेसीजले दीप प्रज्वलन गरी मृतआत्माको चिरशान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवारजनमा धर्यधारण गर्ने शक्तिका लागि प्राथना समेत गरेका थिए ।



बुधबारे जेसीजका नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालको अध्यक्षता तथा जेसी नवराज कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा जेसीजका पदाधिकारी, पुर्व अध्यक्ष, स्थानीय लगायतको सहभागीता रहेको महासचिव कुसल अधिकारीले बताए ।



















