Search
Close this search box.
Search
Close this search box.

पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा प्रत्येक वर्ष बिदा दिने निर्णय

rekha sharma

सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा अब प्रत्येक वर्ष बिदा दिने निर्णय गरेको छ । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता  रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन् ।

EPIC

गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । 

गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ । 

सरकारले जनयुद्ध दिवसका अवसरमा फागनु १ गते सार्वजनिक बिदा दिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *