काँकडभिट्टा। माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा झापाको काँकडभिट्टा नाका पार गर्न खोज्ने ४ महिलाको आज उद्धार गरेको छ ।
मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका ४ महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।
उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् ।
हाल माइती नेपालको पुनर्स्थापना गृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावक को जिम्मा लगाइने भएको छ ।