आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

image search 1678075902233

झापा। आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ।

विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ।

EPIC EPIC EPIC

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ।

देशभरिका बिभिन्न जिल्लामा आज रङ, अबीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।

होली मनाउने प्रचलन कसरी सुरु भयो ।।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रङ र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता रहेको छ।

होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ।

त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।

यसर्थ होली सुरु भएको संकेतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो।काठमाडौंको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याएको लिंगोमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च