झापामा ६५ प्रतिशतले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

1678080385812

झापा-८० प्रतिशत नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्यका साथ शुरु भएको आम औषधि अभियान अन्तर्गत झापामा ६५ प्रतिशत नागरिकले औषधि सेवन गरेका छन् । 

जिल्लामा आम औषधि अभियान अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको जानकारी अनुसार अहिलेसम्म ६५ दशमलव ७ प्रतिशत अर्थात ६ लाख ६४ हजार ३ सय ४४ नागरिकले औषधि सेवन गरेका छन् । 

EPIC EPIC EPIC

जसमा सबैभन्दा धेरै औषधि सेवन गराउने पालिकामा बुद्धशान्ति गाउँपालिका अग्रस्थानमा छ । बुद्धशान्तिमा ८५ दशमलव ६ प्रतिशत नागरिकले औषधि सेवन गरेको तथ्यांक छ । 

यसैगरी दमक नगरपालिका दोस्रो स्थानमा छ जहाँ ७८ प्रतिशतले औषधि खाएका छन् । आम औषधि सेवन अभियान अन्तिम चरणमा पुगेको र प्रभावकारी बनेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन बिश्वनाथ श्रेष्ठले बताउनुभयो । 

‘अधिकांश पालिकामा अभियान अन्तिम चरणमा पुगेको छ, हामी औषधि अभियानमा सफल भइरहेका छौँ ।’ उहाँले भन्नुभयो । 

उहाँका अनुसार सिकिस्त बिरामी, २ बर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला लगायतलाई भने औषधि खुवाइएको छैन ।  जिल्लामा गत ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च