जेसीज र होक्से युवा क्लबले गरे होली मिलन कार्यक्रम

img 20230308 wa0004 1

झापा-बुधबारे जेसिज र होक्से युवा क्लबको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।
होलि पर्वको अवसरमा दुइ सस्थाले समाजका सबै वर्गाका मानिसहरू बिच रङ खेल्दै कार्यक्रम गरेको हो।

मंगलबार बुद्धशान्ति १ स्थित होक्से चोकमा विविध कार्यक्रम गरी होलि मनाईएको बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC
img 20230308 wa0002

होलि मिलन कार्यक्रम सँगै एकआपसको काँध चढि हण्डि झार्ने, बाँसको लिङ्गोबाट भाले झार्ने र महिलाहरुका लागी हण्डी फुटाउने खेल आयोजना गरिएको थियो।

एभरेस्ट साबुन, होक्से पोलि क्लिनिक र रिभर ओभरसिजले प्रायोजन गरेको कार्यक्रमको संयोजक जेसी बिभिषण वाग्ले रहेका थिए।
कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकाल, होक्से युवा क्ल्बका अध्यक्ष बालकुमार राई, बुधबारे जेसीजका नि वर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं उक्त कार्यक्रमका प्रमुख अतिथी बिरबहादुर बेघा लगायतले होलि पर्व र यसको महत्व बारे बिचार राखेका थिए।

whatsapp image 2023 03 08 at 12.15.00

कार्यक्रममा स्थानीय संघ-सस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि एवं ठुलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो।

अतिथिहरु त्रिभुवन माविका अध्यक्ष खड्ग बहादुर तिम्सिना ‘पवन’, साना शहरी खानेपानीका पुर्ण सन्जेल, तिनतले सामुदायिक वनका पुरन बराल, समाजसेवी मोहन तिम्सिना, होक्से कृषी सहकारीका चन्द्रमणि बराल,
सुन्दर थापा, साना शहरी खानेपानीका उपाध्यक्ष चन्द्र कोइराला लगायतको उपस्थिति थियो।

कार्यक्रममा पुर्व अध्यक्षहरु जेसी रमेश बराल,प्रकाश भण्डारी, हेमन्त बराल, सेमन्त पोखरेल, नन्दकुमार याफु राई र मानार्थ सदस्य दिपेन सिटौलाको समेत उपस्थिति थियो।

झण्डै २० फिट उचाइमा राखिएको हाडि फुटाएर धनविर तामाङको टिमले नगद ५ हजार १ सय जित्न सफल भएको थियो भने कला ढकालले महिला तर्फको हाडि फुटाउने खेल जितेकी थिइन्।

img 20230308 wa0005
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *