दोस्रो झापा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी बगान युथ क्लबलाइ।

whatsapp image 2023 03 18 at 19.20.39

मनिष बराल, झापा ।

बुट्टाबारी युनाइटेड कल्ब  बिर्तामोडले आयोजना गरेको दोस्रो झापा जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

आज सम्पन्न फाइनल खेलमा झापा जिल्लाको दक्षिण पूर्वी भारतीय सिमरासँग जोडिएको कचनकवल गाउँपालिका अन्तर्गत रहेको बगान युथ क्लब र अर्जुनधारामा रहेको युथ अफ खुदुनाबारी क्लब बिच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल खेलमा युथ अफ खुदुनाबारी क्लब विरुद्ध २ – ० गोल गर्दै बगान युथ क्लबले सानदार जित हात पारेको हो।

335726254 497898859210683 8534538280553911746 n
खेलको म्यान अफ दि म्याच विशाल दर्जी

बगान युथ क्लबले खेलको हाफ टाइम अगावै एक गोल र हाफ टाइम पछि एक गोल गर्दै युथ अफ खुदुनाबारी क्लब विरुद्ध जम्मा दुई गोल गरेको हो। फाइनल खेलको म्यान अफ दि म्याचको उपाधि विशाल दर्जीले हात पारेका छन्। खेलको समापन सँगै विजेता टिम बगान युथ क्लबले प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १ लाख ११ हजार १११ साथै ट्रफी र मेडल र उपविजेता बनेको युथ अफ खुदुनाबारी क्लबले नगद रु ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *