बुद्धशान्ति – अग्नि पिडित शुक्रराज जबेगुलाई नेपाल तरुण दल बुद्धशान्ति गाउँ समितिले सहयोग गरेको छ ।
गत फागुन २५ गते बुद्धशान्ति ४का शुक्रराज जबेगुको घरमा सल्किएको आगोले उनका घरमा सबै सामाग्री जलाएर नष्ट बनायो।
लत्ता कपडा, खाद्यन्न लगायत विभिन्न महत्वपूर्ण सामग्रीहरु मात्रै होइन उनका सपनाहरू सबै खरानी भएका थिए।
आगलागी भएको झन्डै एक हप्तापछी जबेगुले केही राहत महशुस गरेका छन् ।
नेपाल तरुण दल,बुद्धशान्तिले जबेगुलाई तत्काल आवश्यक पर्ने सामाग्री सहयोग गरी उनको पिडामा केही मलम पट्टी गरेको छ।
नयाँ घर बनाउन सहज होस् भनी हाललाई ३ बन्डल टिन सहयोग गरिएको तरुण दल बुद्धशान्तिका सचिव विनोद रिजालले जानकारी दिएका छन् ।

तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङ, उपसभापति बालकुमार राई, सचिव अर्जुन मेन्याङ्बो, विनोद रिजाल लगायतले राहत सामाग्री हस्तान्तरण गरेका हुन्।
साथै आफ्नी स्व. श्रीमती टेकमाया लाबुङ्ग लिम्बूको स्मृतिमा बुद्धशान्ति ४ का बलबहादुर लाबुङ्ग लिम्बु र छोराहरु करण र रबिन लाबुङ्ग लिम्बू परिवारले १० हजार आर्थिक सहयोग समेत गरेका छन् ।
यता आगलागीबाट गास-बास गुमाएका जबेगुले नेपाल तरुण दल र लाबुङ्ग परिवारलाई धन्यवाद दिदै सबै खाले दुर्घटनाबाट बच्न अनुरोध गरेका छन् ।
नेपाल तरुण दलले यसअघि बिभिन्न समयमा बिपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएको छ।