स्ववियु निर्वाचन:२४३ क्याम्पसको नतिजा सार्वजनिक हुँदा अनेरास्ववियुको वर्चस्व

20230320 172340

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक हुँदा हालसम्म अनेरास्ववियु पहिलो स्थानमा छ।

अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो। त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै ७९ कलेजमा निर्वाचित नेविसंघ दोस्रो स्थानमा छ।

EPIC EPIC EPIC

त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ। ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूहलगायतले चुनाव जितेका छन्। तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ। ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन।

त्यसतै विप्लव निकट विद्यार्थी सङ्गठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी सङ्गठनहरूले १÷१ कलेजमा निर्वाचन जितेका छन्। निर्वाचन रोकिएका कलेजहरूमा चैत १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च