हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी नेकपा एकीकृत समाजवादी प्रवेश

dambar giri 696x464

झापा । एमाले झापा जिल्लाका नेता तथा २०७५ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँ पालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएको छ । एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय सम्सदका लागि स्वतन्त्र उम्मेद्बारी दिनुभएको थियो ।

पार्टीको निणार्य विरुद्ध गएको भन्दै नेकपा एमालेले गिरीलाई कार्वाही गरेको थियो । गिरीले आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छ “आज मिती २०७९ चैत्र ११ गते देखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा ९एकीकृत समाजवादी० मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।”

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *