आरम्भ भयो झापा जिल्ला आमन्त्रण चेस प्रतियोगिता

image search 1680762675049

झापा। झापा जिल्ला खुला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भएको छ।

प्रतियोगिताको प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

स्वीस लिगका आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ९ हजार ५०० रुपैयाँ रहेको छ। प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिनुभयो । पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुवेदी, विकास मैनाली, विश्वविजय घिमिरे, विक्रम सिंघक, हिमाल राई र उमेश राईको दुई अंक छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *