राष्ट्रिय युवा संघ नेपालले गर्‍यो कचनकवल स्तम्भमा दीप प्रज्वलन

336272153 740089037526545 6564136316197492282 n


कचनकवल।  राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपालकै होचो स्थान कचनकवल स्तम्भमा आज दीप प्रज्वलन गरेको छ। 

राष्ट्रिय युवा संघ नेपाल, कचनकवल गाउँ कमिटीको आयोजनामा राष्ट्रिय झन्डासहित जम्मा भएको भेलाले कचनकवल स्तम्भमा दीप प्रज्वलन गर्नुका साथै चैत्र २७ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा हुनगैरहेको नवौँ राष्ट्रिय अधिवेशनको शुभकामना आदानप्रदान गरेका थिए। 

EPIC EPIC EPIC EPIC EPIC

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य  बसन्त बानियाँको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पार्टी गाउँ कमिटी अध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाँउ कमीटी अध्यक्ष उमेश मिश्रको अध्यक्षता भएको कार्यक्रममा वक्ताहरूले महाधिवेशनले सही नेतृत्व चयनका साथ सैद्धान्तिक बहस गर्दै सही कार्यदिशा र कार्यनीति चयन गर्न सकोस् भन्ने शुभकामना दिँदै कार्यक्रम सम्पन्न भएको कमिटी अध्यक्ष उमेश मिश्रले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *