काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी दिएका छन्।
मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्।