बुधबारे जेसीजले दियो सदस्यलाई व्यापार प्रर्वद्धन तालिम

jci budhabare

पालिका सन्देश । बुधबारे जेसीजले आप्mना सदस्य लक्षित तालिमको आयोजना गरेको छ । बुधबारे जेसीजको आयोजनामा व्यापार प्रर्वद्धन तालिम सम्पन्न गरिएको हो । नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष मन्जरी घिमिरे र क्षमता विकास तालिमकर्ता सुवास घिमिरेको सहजिकरणमा तालिम सम्पन्न गरिएको थियो ।

बुधबारे जेसीजको आफ्नै सचिवालयमा सम्पन्न गरिएको कार्यक्रमको संयोजक कार्यकारिणी उपाध्यक्ष अनिल घिमिरे रहेका थिए । बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता, जग्गादाता ज्ञानेन्द्र घिमिरेको प्रमुख आतिथ्यता त्यस्तै रतुवामाई जेसीजका संस्थापक अध्यक्ष सुवास घिमिरे, बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोख्रेल, नन्दकुमार राई, अनिल वाग्ले, मुकेश भट्टराई, समाजसेवी नन्दलाल पराजुली लगायतको आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

EPIC EPIC EPIC

बुधबारे जेसीजका पूर्व अध्यक्ष वाग्ले, समाजसेवी पराजुली, रतुवामाई जेसीजका संस्थापक घिमिरे लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *