बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई शुक्रबार रातिदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिएको छ ।
लक्षणसहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक २१ गते १२ बजेसम्मका लागि बजार बन्द गरेको हो ।
कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार बन्द गरिएको सीडीओ उमाकान्त अधिकारीले जानकारी दिए ।
बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।