नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु

बुटवल । नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ ।भैरहवाबाट साथीहरुसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रेम पाण्डेले जानकारी दिए । केही समयअघि पनि उक्त ठाउँमा घुम्न गएका अर्का एक युवकको पनि डुबेर ज्यान गएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *