यो साताको चर्चामा, इटालीमा जन्मिएको हरियो रङ्गको कुकुर

रोम, बीबीसी । यतिबेला सामाजिक सञ्जाल देखि लिएर अनलाइन न्यूज पोर्टल, अनि समाचारमा छाएको छ इटालीमा जन्मिएको कुकुर । इटालीमा अनौठो रङ्गको कुकुर जन्मिएको छ । क्रिस्टियन मालोस्सी नाम गरेका कुकुर पालक कृषकको फार्ममा हरियो छाउरा जन्मिएको हो।

बीबीसीका अनुसार सार्डिनिया टापुमा जन्मिएको आश्चर्य चकित पार्ने सो छाउराको नाम पिस्टाचियो राखिएको छ । स्पेलाच्चियो नाम गरेकी पोथी कुकुरले पाँच वटा बच्चा पाएकी थिइन्। अन्य छाउराछाउरीको भने माउको जस्तै सेतो रङ रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ। गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको ठानिएको छ। तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ।

मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्। हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *