बनियानी। झापा कचनकवल -६ साना किसान कृषि सहकारी संस्था बनियानीले आँफैले बनाएको भ्रमण मापदण्ड मिच्दै अध्यक्ष स्वयं हलेसी भ्रमणमा निस्किएकाछन् ।
संस्थाले मुल समिति ,लेखा समिति ,ऋण समिति र अन्तर समुहका जिम्मेवार ब्यक्ति मात्रै भ्रमणमा लैजाने मापदण्ड बनाउँदा अन्य सदस्य सो सेवा सुविधाबाट बञ्चित हुनुपरेको थियोे तर साना किसान सहकारी संस्था बनियानी अध्यक्षले कृषकलाई सेवा सुविधा वितरण गर्ने समयमा सहकारी कार्यालय नै चाबी लगाएर श्रीमतिलाई समेत लिएर हलेसी भ्रमणमा निस्किएकाहुन् ।
कचनकवल– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थाले १४ जना नक्कली ऋणी खडा गरी व्यवस्थापक र सहव्यवस्थापकले करिव दुई करोड रुपैयाँ हिनामिना गरेको घटनाको न्याय सेयर सदस्यले पाउँदा नपाउँदै देख्दा र सुन्दा सामान्य लाग्ने स्वभाविक भ्रमण भएपनि अन्य सेयर सदस्यलाई मापदण्ड बनाएर पाखा लगाउने र आफू वरपरकाले मात्रै सेवा लिने कार्यमा अध्यक्ष नै मनखुशी रजाई गर्छन् भने वास्तविक सहकारीको भित्री रहस्य कस्तो होला जनसरोकारको बिषय पक्कै पनि बन्छ ।
कचनकवल गाउँपालिकाका अन्य सहकारी संस्थामा पनि रकम हिनामिना , मनपरीतन्त्र बढ्दा थुप्रै सेयर सदस्यभने जोखिममा रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
साना किसान कृषि सहकारी संस्था बनियानीले मापदण्ड बनाउने र स्वयंले किच्ने मात्रै गरेको छैन दुग्ध संकलन केन्द्र भनेर बाहिर आकर्षक बोर्ड सहकारीको नाममा झुण्ड्याएर दुग्ध उत्पादक मात्रै नभएर सेयर सदस्यलाई समेत भ्रमित पारेको छ ।
साना किसान सहकारी संस्थाको कार्यालय अगाडि बोर्ड टाँसेर आफ्नो प्रचार गर्दा सेयर सदस्यमा भ्रम पैदा भएको देख्न सकिन्छ। उक्त दुग्ध संकलन केन्द्र ऋतिका दूध डेरी धाईजनको रहेको पाईएको छ। आफू केही गर्न नसक्ने अनि अन्यको ब्राण्ड देखाएर आफू सक्षम रहेको देखाउनु बेथिति भएको देखिन्छ।
केही महिना अघि साना किसान कृषि सहकारी संस्था बालुवाडीका व्यवस्थापक युवराज खत्री र सहव्यवस्थापक निरुमाया राजवंशीले मिलेर आफ्ना परिवारका सदस्य र आफन्तलाई कृत्रिम ऋणी बनाई सहकारीको करिव २ करोड रकम अपचलन गरेको सार्वजनिक भएको थियो ।
साना किसान सहकारी संस्थाका सदस्यमा चासो र चिन्ता बढिरहेको अवस्थामा मापदण्ड बनाएर विभिन्न ऋण समिति ,लेखा समिति ,समूह अध्यक्ष भनेर देखाईएता पनि स्वयम् सँस्थाका अध्यक्षले साधारण सेयर सदस्यको पैसाबाट आफ्नो श्रीमती सँस्थाको पैसामा लिएर हिड्दा अन्य समितिमा बसेका अध्यक्षका श्रीमान र श्रीमतीले पनि संस्थाको खर्चमा आफुसँगै लान पाउनुपर्ने हो। बचावटका लागि ब्यक्तिगत खर्च ब्यहोरेकाछन् भन्ने तर्क प्रस्तुत गर्दा श्रीमान/श्रीमतीवालाहरु कै बहुमत हुनेथियो।