दिपेन्द्र लुईटेल भोजपुर ।
भोजपुरमा खोलाले बगाउदा सब -इन्जिनियरको मृत्यु भएको छ । ट्याम्केमयुङ गाउँपालिका ९ मा पर्ने राउते खोलाले बगाउदा बर्ष ३२ का मन्दिप राईको मृत्यु भएको छ ।
बाढिले पुल निर्माणको कार्य भइरहेको स्थानमा स्काभेटर र पुलको जग जोगाउने बगाउन थाले पछि जोगाउने क्रममा खोलाले बगाएको पान्धारे चौकिले जनाएको छ । स्काभेटरको ड्राइभरभने हाम फालेर बाच्न सफल भए ,सब इन्जिनियर राई भने हाम्फाल्ने क्रममा खोलाको भङ्गालमा परे पछि बगाएको हो । राईको शब करिब ३ किलोमीटर तल पुगेको प्रहरीको भनाई छ ।