कमल। नेपाल स्काउट कमल गाउँपालिकाले आधारभूत स्काउट तालिम सम्पन्न गरेको छ ।

कमल गाउँपालिकाको आर्थिक सहयोग र स्काउट तदर्थ समिति कमल गाउँपालिकाको आयोजनामा ५ रात , ६ दिनको आवासिय , बि .टि. सि -५४२ तथा पि .टी. सि . -३९९ औं तालिम सम्पन्न गरेकाे छ।

तालिममा बि. टि. सि. तर्फका कोर्ष लिडर नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ र पि. टि. सी. तर्फकाे कोर्ष लिडर नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सिवनी देवानले कोर्ष सञ्चालन गरेका थिए । सो कोर्षमा जम्मा ४२ जना सहभागी रहेका थिए ।


सोही तालिमकाे अन्तिम दिन आज, स्थानीय स्काउट संरक्षक, प्रमुख, सदस्य सचिव तथा स्थानीय स्काउट तदर्थ समिति सदस्यलाई कोशी प्रदेश कमिटी सदस्य हेमन्त भण्डारीले दिक्षान्त दिएका थिए ।
