कचनकवल। कचनकवलका सामुदायिक विद्यालयहरुले धमाधम बर्खे विदा दिन थालेका छन्।
कचनकवल गाउँपालिकाले असार १७ देखी साउन १६ गतेसम्म बर्खे बिदा दिने निर्णय शैक्षिक क्यालेन्डर निर्माण समितिको निर्णय बमोजिम भएको भन्दै विद्यालयल बर्खे विदाको सूचना जारी गरिएको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानद्यापक राजु बुढाथोकीले जनाएका छ्न्।

यता कचनकवल ३ डाँगीबारीमा रहेको मोती माध्यामिक विद्यालयले पनि आज एक सूचना निकाल्दै विद्यालय विदाको रहेको जनाएको छ। विदा अवधीभर विद्यालयले प्रदान गर्ने अत्यावश्यक सेव प्रवाहको लागि आवश्यकता अनुसार विद्यालय प्रशासन खुल्ला रहेने सूचनामा उल्लेख गरेको छ।
