हल्दिबारीका १३ विपन्न परिवारले पाए पक्की घर

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले विपन्न वर्गका नागरिक लक्षित गरी निर्माण गरेको १३ वटा पक्की घर बुधबार हस्तान्तरण गरेको छ । नयाँ पक्की घर पाएसँगै विपन्न परिवार हर्षित भएका छन् ।

गाउँपालिकाले अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बृद्धबृद्धालाई प्राथमिकतामा राखेर घर हस्तान्तरण गरेको हो । घर पाउनेहरूमा सन्थाल समुदायका ९ परिवार छन् । त्यस्तै दलित समुदायका ३ र खस क्षेत्री समुदायका एक परिवार छन् ।

EPIC EPIC EPIC

पालिकाका अनुसार घर पाउनेमा मराङमाई हेमरम, भीमबहादुर कामी, विश्वनाथ हाँस्दा, धनबहादुर विश्वकर्मा, लालबहादुर विश्वकर्मा, लुखीराम मुर्मू, नारायण हेमरम, विशाल हाँस्दा रहेका छन् । त्यस्तै सुनिराम सोरेन, जसमी किस्कू, एकराज कटुवाल, शुकमणि मुर्मू र हपना हाँस्दाले शौचालय, बिजुली, खानेपानीलगायतका सुविधा भएको तीन कोठे पक्की घर पाएका हुन् ।

प्रदेश सरकारको सहयोगमा हल्दिबारी गाउँपालिका २ स्थित जनता प्राविको जग्गामा ५८ लाख ५८ हजार ७७७ रुपैयाँमा ती घर निर्माण गरिएको हो । निर्माण भएको दुई वर्षपछि ती घर विपन्न नागरिकहरूलाई हस्तान्तरण गरिएको बताइएको छ।

घर पाउने परिवारलाई घरको चाबी र सम्झौता पत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले विविध कारणले घर हस्तान्तरण कार्यमा ढिलाइ भएको बताए । आवाससँगै ती परिवारका लागि रोजगारीको व्यवस्था गर्न समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।

साथै, उनले ती सबै परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा समेत गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले नमुना बस्तीको रुपमा गाउँपालिकाले तयार गरेको घरहरूलाई आफ्नै सम्झेर स्याहार गर्न आग्रह गरिन् ।

हल्दिबारी गाउँपालिकाले अर्को चरणमा थप आठ परिवारका लागि आवासको व्यवस्था गर्न लागेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *