बुद्धशान्ति । नेपाल बैंक लिमिटेड बुधवारेले क्युआर कोड सेवा वितरणलाई संचालन गरेको छ । वुद्घशान्ति–१, स्थित श्री लक्ष्मी नारायण मन्दिरलाई क्युआर कोड वितरण गरेको हो ।

डिजिटल भुक्तानीको भरपर्दो साधनको रुपमा प्रयोग भईरहेको क्युआर कोड मन्दिरलाई प्रदान गरिएको र सो बाट सजिलै भक्तजनहरुले आफ्नो वंैक खातावाट सजिलै मन्दिरको नाममा रहेको खातामा भेटी तथा सहयोग प्रदान गर्न सकिने नेपाल बैक लिमिटेड बुधवारेका शाखा प्रवन्धक भानुभक्त भण्डारीले बताएका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारदमणि चापागाईंले अहिलेको समयमा क्युआर कोड को प्रयोग बढ्दै अएको र क्युआर कोड प्रदान गरेकोमा बैंक लाई धन्यवाद दिएका थिए ।
प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगै बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएको छ भने, बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पुर्याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

