धुलाबारीको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर घाइते

झापाको मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालक गम्भीर घाइते भएका छन्।

धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० सुब्बाबस्तीका तान्चोक  लिम्बु गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

आज दिउँसो साडे १२ बजे खाजा खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्रेलले बताइन् ।

मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ । सेफ्टी ट्यांकीमाथी मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर−१० का वडाध्यक्ष नारायण खनालले बताए । ‘ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई छ,’ उनले भने ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

( यसअघि प्रकाशित समाचारमा बालक हुनुपर्नेमा भूलवश बालिका भएकोमा क्षमायाचनासहित सच्याइएको छ । -सम्पादक )

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *