बर्दियामा १४ वर्षीया बालिका र उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई बुधबार दिउँसो पक्राउ गरिएको छ ।
थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, उदयपुरमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।