प्राविधिक समस्या देखिएपछि चन्द्रगढी उडेको विमान काठमाडौं फर्काइयो

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण फर्काइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेशनमा समस्या देखिएपछि काठमाडौंमै फर्काइएको हो ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरिएको थियो । सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ । काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *