इलाम। इलामको राेङ गाउँपालिकामा सिक्ताेरिया करातेको ग्रेडिङ सम्पन्न भएको छ।
प्रशिक्षित खेलाडीहरूको स्तर उन्नतिका लागि ग्रेडिङ कार्य भएको हो। राेङ ६ मा रम्भ्याङकाे आयोजनामा सलकपुर डाेजाेसहितका खेलाडीहरू सहभागि रहेको कार्यक्रमा कुटीडाँडा डाेजाेका खेलाडीहरूले कराते प्रदर्शन गरेका थिए। सरस्वती माध्यामिक विद्यालयको सृजनात्मक शुक्रबारसँगै आयोजित ग्रेडिङमा सामाजिक विकास समिति राेङका संयोजक सत्यम् राई चाैरासे ,करातेका अन्तराष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङ ,राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक नर बहादुर खवास, राेङ खेलकुद शाखाका बिर्ख सुब्बा प्रशिक्षक राम राई लगायतले गराउनु भएको रम्भ्याङ डाेजाेका प्रशिक्षक देविलाल राईले बताए ।
सरस्वती माबिकाे प्राङ्गणमा भएको सो कार्यक्रममा दुईटा डाेजाेका २४ जना खेलाडीहरूको सहभागिता रहेको थियो। अाजकाे ग्रेडिङबाट थ्रि क्यु ब्राउण्डबाट टु क्यु बेल्ट ,चारजना ओरेन्ज बाट स्टेप ग्रीन र सत्र जना वाईट बाट ओरेन्ज मा प्रमाेट भएका छन् । कार्यक्रममा सहभागि खेलाडीहरूलाई प्रमाण पत्र समेत बितरण गरिएकाे थियाे ।
जनक न्यौपाने, रोङ



















