कचनकवल। झापाको कचनकवल गाउँपालिकाको बनियानी फ्युज स्टेसनमा कार्यरत कर्मचारीको चरम लापरबाहीले कचनकवलमा दैनिक दर्जन भन्दा बढी विद्युत अवरुद्ध हुने गरेको छ।
बिद्युत् प्राधिकरणका कर्मचारीहरू माथिबाटै सिस्टम गयो त कहिले फल्ट भयो भन्ने जवाफ दिने गरेका छन्।
विशेष गरी रातको समयमा विद्युत अवरुद्ध हुँदा साना बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको छ।
बिद्धुत कटौती हुँदा गर्मीले निक्कै समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।
बिनाकारण पटकपटक विद्युत अवरुद्ध हुँदा घरमा प्रयोग हुने विद्युतीय उपकरणसमेत बिग्रन थालेको स्थानियको गुनासो छ।
कहिले विद्युत मर्मतको कारण देखाउँदै घण्टौंसम्म विद्युत अवरुद्ध गरेर काम गर्दा पनि कचनकवल क्षेत्र भित्र झ्याप्प झ्याप्प विद्युत अवरुद्ध हुने समस्या हल हुन सकेको छैन।
यसरी बिद्युत् अवरुद्ध हुँदा विद्यार्थीहरूलाई अध्ययनमा पनि समस्या भएको विद्यार्थीहरूको गुनासो छ।



















