बुद्धशान्तिमा थपियो पर्यटकीय स्थल, ७ नम्बर वडामा हरित पार्क निर्माण

बुद्धशान्ति(पालिका सन्देश) । पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकाको वडा नं ७ ले थप पर्यटकलाई आर्कर्षित बनाउन धारागोला भ्युटावर छेउमा हरित पार्क निर्माण गरेको छ ।

करिव २ विगाहा क्षेत्रफलमा फैलिएका जग्गामा नेपाल सरकारबाट ५० लाख र जनश्रमदानबाट १२ लाखको संयुक्त लगानीमा निर्माण गरिएकोे हो । कुनै समय चार धाराका रुपमा चिनिने स्थान देवीको पूजा गरिँदै आएको थियो । यो क्षेत्र ऐतिहासिक स्थान समेत रहेकाले पनि यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा झापामै नमूना बनाउन प्रयास गरिएको हरित पार्क निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष चक्र शेर्माले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

देवी धाराका रुपमा परिचय बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्दै पहिलो चरणको काम सम्पन्न भएको छ, वडाध्यक्ष चन्द्र भण्डारीे भने ‘आगामी दिनमा यस क्षेत्रलाई थप बजेट बिनियोजन गरेर बुद्धशान्तिकै धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनाउन लागि पर्नेछौँ ।’ उनले वडासंगै नीजि क्षेत्रलाई संरक्षणको जिम्मा दिएर पिकनिक स्पोर्टका रुपमा पनि बिकास गर्न लागि पर्ने बताए । यस क्षेत्रमा पाञ्चायन देवताको मूक्ति निर्माण, नाग पोखरी जस्ता धार्मिक संरचनाहरु निर्माण गरिएको छ । आजको पालिका सन्देश साप्ताहिकमा खबर छ ।

  • तीर्थ तिम्सिना
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *