- योगेन्द्र योगी
दोहा । संखुवासभाको धर्मदेवी-५ का सीताराम नेपाल अर्थात् सिताराम सरु २०५६ साल देखि शिक्षण पेशामा आबद्ध भए । झापा काकडभिट्टा, बनियानी, मोरङको बिराटनगर, नवलपरासीको बर्दघाट अनि काठमाण्डौका विभिन्न स्कुल पढाईसकेका एक अब्बल शिक्षक हुन् नेपाल ।
शिक्षण पेशालाई थाती राखेर २०११ डिसेम्बर २० देखि २०१५ जुन १५ सम्म रोजगारीको राम्रो अवस्था खोज्दै साउदी अरब पुगेर एचआरको रुपमा काम गर्न थाले ।
साउदीमा रहदा पनि विभिन्न सामाजिक सेवा गर्दै गैरआवासीय नेपाली संघ -एनआरएनएको वरिष्ठ उपाध्यक्ष भूमिका पनि निभाए । साउदीबाट नेपाली फर्किए पछि उनी फेरि कतार गएर त्यहाँ पनि तीन वर्ष आइटीको क्षेत्रमा काम गर्दागर्दै कतार बाट त्यही कम्पनिमा दुबई पुगे ।
दुबईमा पनि केहि समय काम गरे त्यसपछि नेपाल फर्किएर पुनस् शिक्षण पेशामा नै आबद्ध भए । यसअघि संखुवासभा जिल्ला बाहिरका विद्यालयमा पढाएका उनले यस पटक भने आफ्नै जिल्लामा अध्यापन गराउदै आएका छन् । खाँदबारी नगरपालिका ७ नयाँ बजारमा रहेको अरुण भ्याल्ली पब्लिक स्कुलमा ४ वर्षदेखि अध्यापन गराउदै आइरहेका छन् ।
तीन वर्ष, साउदी तीन वर्ष कतार र एक वर्ष दुबईमा रोजगारी गरेर फर्किएका उनी भन्छन, अहिले म निशुल्क बिज्ञान र गणित ट्युसन पढाउदैछु भरसक १०० जना सम्मलाई पास गराउन सकौ भन्ने उदेश्यले निस्शुल्क ट्युसन क्लास शुरु गरेको छु ।
बिहानको खाली समयको सदुपयोग गर्दै अहिले यो निशुल्क कक्षाको लक्ष्य बिगृएको शैक्षिक गुणस्तर उकास्ने अभियान र गणितमा अधिकांश विद्यार्थी फेल हुने गरेकोले यसलाइ सुधार्ने अभियानमा आफू लागेको बताए ।
अहिले कक्षा १० मा अध्यानरत ८३ जना बिद्यार्थीहरुलाई निस्शुल्क रुपमा पढाई रहेको उनले बताए । अब चाहिँ नयाँ विद्यार्थी लिन बन्द गरेको छु,कोहि अर्को एक शिक्षक दिनको मात्र एकघण्टा सुत्ने समयमा पढाउन सक्छु निशुल्क भन्ने भेटे भने अरु नयाँ विद्यार्थी थप्ने छु, उनले भने ।
अहिले खाँदबारिको मंगलादेवी माबि तिनपोखरी,बागेस्वरी माबि, ढुङ्गेधारा, हिमलाय माबि, सरस्वती माबि, लगायतका विद्यार्थीहरु निशुल्क ट्युसन पढ्न आउने गरेको उनले बताए ।
‘विद्यार्थीलाई गणित र बिज्ञानमा अब्बल बनाउन कक्षा सञ्चालन गरिएको हो,यसबाट बालबालिकाको शिक्षामा सुधार हुने आपेक्षा गरेको छु’, उनले थपे । दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांश बालबालिका राम्रो अंक ल्याउनबाट वञ्चित नहुन् भन्ने उदेश्य हो ।
शिक्षा बिना जीवन परिवर्तन गर्न असम्भब रहेको बताउदै उनले विद्यार्थीहरु मेहनत गरेर पढ्न अनुरोध गरेका छन् । उत्कृष्ट ग्रेड ल्याए मात्र विद्यार्थीले आफ्नो भावी लक्ष्य हासिल गर्नसक्ने उनको भनाइ छ । तर विडम्बना यस्ता विद्यार्थीको योजना नै १२ कक्षापछि बिदेसिने रहने गरेको पाइन्छ। देश, समाज र परिवारका लागि उपयोगी हुने शिक्षा आर्जन गरेर देशभित्रै अब्बल हुने चाहना अधिकांशमा कम पाइनु दुःखद हो।
सामाजिक संजालमा पनि निकै सक्रिय रहेका उनी अहिले पनि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सहयोग तथा उद्धार गर्न विदेशस्थित नेपाली दूतावास, एनआरएनएहरु सँग सहकार्य गरेर समस्या परेकाहरुलाई सहयोग गर्ने गरेका छन् ।



















