सर्पको टोकाइबाट सुत्केरीको मृत्यु

सर्पको टोकाइबाट २१ बर्षिया सुत्केरी मृत्यु भएको  छ। रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १३ बस्ने बिनिता बिस्टको मृत्यु सर्पको टोकाइबाट भएको हो। मंगलबार दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा बिष्टलाई सर्पले टोकेको र उनले बुधबार बिहान २ बजे घरमै शिशुको जन्म दिएकी थिइन् ।

यद्यपी शिशुको जन्म समयअगावै भएको थियो । सुत्केरी हुने समय कार्तिकमा थियो । अत्याधिक रक्तस्राव भएपछि उनलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

सर्पको विष शरीरमा फैलिएको र सुत्केरीमा देखिने जटिलताका कारण रक्तस्राव हुँदा उपचारका क्रममा बिष्टको आज बिहान साढे ६ बजे  मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिनु भयो । नवजात शिशुको चौरजहारी अस्पतालको आईसीयुमा राखेर उपचार भैरहेको छ।

शिशुको शरिरमा पनि सर्पको विष फैलिएकोले एन्टिस्नेक भेनम सुरु गर्न लागिएको चिकित्सकको भनाई छ । बेलैमा उपचार नपाउदा रुकुम पश्चिममा वर्षेनी सर्पदंसका बिरामीहरुले ज्यान गुमाउन परिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *