सुनसरीमा प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ

विराटनगर। सुनसरीमा प्रहरीको हतियार लुट्ने मुख्य गिरोहसहित ६ जना मोरङबाट पक्राउ गर्न सफल भएका छन् ।

सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका हुन् ।
शुक्रबार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरू शुक्रबार साढे १२ बजे बर्जु गाउँपालिका १ शुक्रबारेमा पुगेका थिए ।सोहीक्रममा उनीहरुलाई ४ जनाको लुटेरा समूहलाई प्रहरीले देखेपछि साथमा बोकेको चाइनिज पेस्तोल र म्यागेजिन तेर्साए र फाइरिङ गर्न खोज्दा हतियार फाइरिङ नभएको र त्यसपछि लुटेरा समूह अगाडी बढेर प्रहरीको साथमा भएको हतियार र गोली खोसेर आक्रमण गरी फरार भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जानकारी दिए ।

लुटेराले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यस्तै प्रहरीले उनीहरुको साथबाट लुटेको मोवायल, रकम पनि बरामद गरेको छ ।
पक्राउ परेका अन्य व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ ।

आज दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *