मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगी पोजेटिभ देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आज धुलाबारीस्थित हरिहलेसी मेडिकल हलमा गरिएको परिक्षणमा डेंगी पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले केहीबेर अघि सामाजिक संजाल फेसबुकमार्फत मेयर वुढाथोकीलाई डेंगु पोजेटिभ भएको जानकारी दिएको हो ।