कार्यालय समयमा कर्मचारी नआएको झोकमा गाउँपालिका प्रमुखले मूल गेटमै लगाइदिए ताला

समयमै कर्मचारी कार्यालयमा नआएको भन्दै बेलडाँडी गाउँपालिका प्रमुखले कर्मचारीलाई कार्यालय प्रवेसमा रोकेका छन्।

कार्यालय समय भित्रै कर्मचारी कार्यालय नआउने र समय बाँकी रहदै कर्मचारी कार्यालय छाड्ने प्रवृति बढेको भन्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र रानाले ढिलोगरी कार्यालय आउने कर्मचारीलाई रोकिदिएका छन् ।

EPIC EPIC EPIC

सोमबार बिहान १० बजेसम्म पनि कर्मचारी कार्यालयमा नआएपछि गेटमै ताला लगाएर कर्मचारीलाई प्रवेसमा रोकेका हुन । कार्यालय समयमा ३ जना मात्रै कर्मचारी आएको र बाँकी कर्मचारी नआएको भन्दै चेतावनी स्वरूप गाँउपालिका अध्यक्ष रानाको निर्देशमा कार्यालय प्रवेसद्वारामा ताला लगाईदिएपछि केही घण्टा कर्मचारी बाहिरै बसेका थिए ।

कर्मचारीहरुले समेत आफुहरुमाथि अपमान भएको भन्दै सोमबार प्रवेस नपाएकाले घरतिर लागेका थिए । गेटमा ताला लगाएर खोलेपछि कर्मचारी आफुहरुको अपमान भएको भन्दै पुन कार्यालय प्रवेस नगरेर घर फर्किएका थिए ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले कार्यालयमा ढिलोगरी आउने र अनि कार्यालय अवागै जाने प्रवृति लामो समयदेखि चलिरहेको बताए ।

‘हामीले कर्मचारी साथिहरुसंग पटक पटक समयमै कार्यालय आउनेदेखि जान निर्देशन गरेका थिऔँ, ‘उनले भने, ‘प्रमुखको निर्देशन टेर्दै टेरेनन्, यो त बाध्य भएर यस्तो कदम चालिएको हो ।’ जनतालाई दुख दिने काम भएर कर्मचारीप्रति प्रतिशोध कुनै रिसराग नभई सुधारका लागि कदम चालिएको बताए ।

गाँउपालिका अध्यक्ष रानाले ४० कर्मचारी मध्ये तीन जना मात्रै कर्मचारी आएको बताए । उनका अनुसार पुरुषोत्तम जोशी, सन्तोष जोशी र दिनेश खडका मात्रै कार्यालय समयमा आएको बताए । ‘कार्यालयमा समयमै कर्मचारी नआउने चरम जनगुनासो बढ्यो पटक पटक भन्दाभन्दै कसैले मानेनन, ‘उनले भने, ‘बाध्य भएर यो कदम चालियो अबपनि त्यही प्रवृति भए थप एक्सनमा गईन्छ ।’

कर्मचारीले भने, आफुहरुमाथि अन्याय भएको भन्दै सोमबार कामकाज नगरी घर फर्किएका थिए । कर्मचारी घर फर्किएपछि कार्यालयको कामकाज प्रभावित भएको थियो ।

दिनभरी कार्यालय प्रवेस गरेका सेवाग्राही मारमा परेका छन ।
कर्मचारीहरुले ढिलो आउने र रातदिन मेहनत गरेर कार्यालयप्रति उत्तरदायी हुने कर्मचारी सोही घानमा परेको बताएका छन ।

‘अध्यक्ष ज्यूले यस्तो सिधै कदम चाल्ने त होईनन, ‘एक कर्मचारीले भने, ‘खै किन चाले थाहै भएनन, केही हामीबाट गल्ती भए स्वीकार गर्न तयार थियौँ, तर अध्यक्ष ज्यूबाट समेत एक पटकका लागि सोचिदिनुपर्ने हो ।’

केही भित्रैकै कर्मचारीले अध्यक्ष ज्यूलाई आफ्नै सहकर्मी बिरुद्धमा लान्छना लगाउनेदेखि प्रवृतिले सोमबार यस्तो घटना घटिएको बताईएको छ ।

शिक्षा शाखा प्रमुख समेत रहेका सिनियर कर्मचारी भानुभक्त जोशीले पालिका अध्यक्ष ज्यूबाटै कर्मचारीलाई कार्यालय प्रवेसका लागि रोक लगाएपछि बेईजती भएकाले सो दिन काम नगर्ने गरी सबै घरतिर फर्किएको बताए ।

‘हामी कार्यालय समयमै काम गर्नकै लागि कार्यालय पुगेका थियौँ, ‘उनले भने, ‘तर अध्यक्ष ज्यूबाट सिधै कार्यालय प्रवेस गेटमा ताला लगाईदिए, केही घण्टा बाहिरै बस्नुपर्ने अवस्था सृजना भयो, सबै कर्मचारी साथीहरुको राय अनुरुप सोमबार काम गर्न वातावरण नहुँदा गर्ने र मंगलबारदेखि कार्यालय समयमै आएर काम गर्ने छलफल भएको छ ।’ ताला लगाएपछि वार्ताका लागि समेत नबोलाएपछि आफुहरु घर फर्किएको उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च